नियम ११
खोजतलास कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु
खोजतलास कार्यको अनुमतिपत्र पाउने व्यक्तिले खोजतलास कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरु देहाय बमोजिम हुनेछन् ः-
(क) खोजतलास कार्यको सञ्चालन गर्दा स्वस्थ प्रणाली अनुसरण गरी लगनशील एवं दक्ष तरिका अपनाउने ।
(ख) खोजतलास कार्यको अनुमतिपत्रमा उल्लिखित क्षेत्र भित्र रहेका घर, जग्गा, रुख, वाली वस्तु वा अन्य सम्पत्तिमा हानी नोक्सानी हुने कार्य नगर्ने ।
(ग) खोजतलास कार्यको सिलसिलामा कुनै पुरातात्विक वस्तु फेला परेमा सो वस्तुलाई सुरक्षित राखी सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा विभागलाई यथाशीघ्र चा“डो खवर गर्ने ।
(घ) खोजतलास कार्य समाप्त भएको मितिले तीस दिन भित्र अनुमतिपत्रमा उल्लिखित क्षेत्रमा खोजतलास कार्यको सिलसिलामा बनेका खाल्टो, चनक, टोपा वा भरिएका जग्गामा कुनै पर्खाल वा बार लगाउनु पर्ने भए लगाउने ।
(ङ) खोजतलास कार्यको म्याद समाप्त भएको मितिले एक सय असी दिन भित्र अनुमितपत्रमा उल्लिखित क्षेत्रबाट आफ्ना सबै मालसामान हटाउने ।
(च) खोजतलास कार्यको सिलसिलामा प्राप्त खनिज पदार्थको बिक्रि वितरण गर्न नपाईने ।